संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी

काठमाडौँ - संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८०’ पेस गर्ने कार्यसूची छ । बैठकमा आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

यसैबीच, राष्ट्रियसभाको बैठक मध्याह्न १२:१५ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ ।

संसदमा हिजोदेखि नै छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै सत्ता साझेदार दलका सांसदहरुले नै प्रश्न उठाएका छन् । उनीहरूले बजेट कार्यान्वयनको पाटो र निर्माणको प्रक्रियामाथि नै प्रश्न उठाएका हुन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमाले, रास्वपा र एकीकृत समाजवादी लगायत दलले बजेटको स्रोत, कार्यान्वयनको आधार र आन्तरिक ऋण तथा कर नीतिमाथि प्रश्न उठाएका हुन् ।