पृथ्वीराजमार्गको धार्के गणेश खोला पुल अपडेट : ढुङ्गा हालेर अस्थायी रुपमा एकतर्फि बाटो सञ्चालन 

काठमाण्डौँ - धार्के गणेश खोला पुलमा फेरि प्वाल परेकोमा अहिले पुलमा ढुङ्गाहरु हालेर अस्थायी रुपमा बाटो एकतर्फि सुचारु भएको छ ।  
पृथ्वि राजमार्ग अन्तर्गत धुनिबेशि नगर र थाक्रे गाउँपािलका जोड्ने गणेश खोला पुलमा पुन  आज प्वाल परेको थियो । करिव दुई घण्टाजति सवारी साधन दुवैतर्फ बन्द गरिएको थियो ।