आजको मौसम : आज पनि मुलुकभर मौसम बदली, पहाडी भूभागमा वर्षाको सम्भावना

 काठमाण्डौँ - आज बुधबार पनि मुलुकभर मौसम बदली रहनेछ ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानसंगै बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बुधबार राती पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।