नाउपाकी अध्यक्ष रञ्जिताद्वारा श्रीमान पक्षधर गिरीलाई सांसद पदबाटै बर्खास्त

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्ष रञ्जिता चौधरीले श्रीमान पक्षधर नेताहरूलाई धमाधम कारबाही गरिरहेका छिन् । रञ्जिताले पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई सांसद पदबाटै हटाएकी हुन् । 

उनले आज गिरीलाई सांसद पदबाट बर्खास्त गरेकी हुन् । समानुपातिक सांसद गिरीलाई पदबाट बर्खास्त गरिएको पत्र रञ्जिताले प्रदेश सभामा पठाईन् । पार्टीको निर्णयविरूद्व सरकारमा सहभागी भएको भन्दै उनलाई कारबाही गरिएको हो ।