'शालिन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार प्रतिवद्व छ' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनकी बालिका शालिन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार प्रतिवद्व रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाले आफू दुस्खी भएको उल्लेख गर्दै न्याय दिलाउन सरकार दृढ र प्रतिवद्व रहेको बताएका हुन् । 

घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन आफूले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको समेत उनले स्पष्ट पारे । 
शालिन चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । उनको हत्या भएको दावी गर्दै उनको परिवारले न्यायको माग गरिरहेको छ ।