धनकुटा भ्यान दुर्घटना अपडेट : एक बालिकाको मृत्यु, ६ जना घाइते

काठमाण्डौँ - धनकुटामा आज अपरान्ह भएको सवारी दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।​
हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका निम्ति धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।​