टीआरसी विधेयक आज पनि कानुन समितिबाट पारित भ्रएन 

काठमाडौँ - बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको टीआरसी विधेयक आज पनि कानुन समितिबाट पारित हुन सकेन ।

सरकारले थप समय मागेपछि समितिबाट विधेयक पारित नभएको हो । बैठकमा यसअघि गठित उपसमितिको प्रतिवेदनमा आधारित रहेर कानुन मन्त्रालयले पूरक प्रस्ताव पेश गरेको थियो । त्यसमा नेकपा एमालेले विधेयकका केही बुँदामा असहमति जनाएको थियो ।