सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

काठमाडौँ - सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड यसै साता भित्र हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस कम्पनीको प्री–अलोटमेन्ट आज आतबार हुने भएको छ । 

प्री–अलोटमेन्ट सम्पन्न भएसँगै यसै साता भित्र अर्थात फागुन २३ गते बुधबार आइपीओ बाँडफाँड गर्ने योजना रहेको बिक्री प्रबन्धकले जनाएको हो । 
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९।३२ गुणा अर्थात १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका थिए । कम्पनीको आइपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले फागुन १३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले यसअघि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।