प्रचण्ड नेतृत्वको सरकार पुनर्गठन हुने सम्भावना, मन्त्रीमा सबै नयाँ अनुहार !

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीहरुको काम कारबाहीबाट सन्तुष्ट छैनन् । गत बिहीबार सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०र०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको कामबाट सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताए ।

 उनले सरकार जोवन धान्ने र काल पर्खिनेजस्तो हुन नहुने बताए । जनतालाई डेलिभरी दिने र विकासका क्षेत्रमा पनि केही गरेर देखाउने संकल्पका साथ अगाडि बढेको सरकार अहिलेको अवस्थामा आइपुग्दा बेचैनीमा परिणत भएको उनको भनाइ थियो ।