धनकुटा जिप दुर्घटना : १६ घाइते, ४ जनाको अवस्था गम्भीर

धनकुटा - धनकुटाको पाख्रिबास नगरपालिका १० चुङमाङमा आइतबार अपराह्न यात्रुवाहक जिप दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । 
हिले बजारबाट चुङमाङतर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको जिप दिउँसो करिब २स्३० बजे दुर्घटनामा परेको हो । जिप सडकबाट ५० मिटर तल खस्दा त्यसमा सवार सबै यात्रु घाइते भएको जनाइएको छ ।

अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुनाहरु रहेका छन् । घाइते हुनेमा नेत्र कार्की, ईन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, वेदी बराल खत्री, सुनिता खत्रीलगायत रहेका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । स्थानीयवासी र नजिकै रहेको विद्यालयका शिक्षक विद्यार्थीले घाइतेको उद्धार गरेका थिए ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।