'सरकारका कारण देश संकटमा छ, अब विकल्प खोज्नुपर्छ' : प्रदीप ज्ञवाली

 पोखरा - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश बहुआयामिक संकटमा फस्दै गएको बताएका छन् । देशलाई हरेक क्षेत्रबाट कमजोर बनाउने र देश जोखिमपूर्ण अवस्थामा रहेको भन्दै उनले यो सरकार देशका लागि भारी भएको बताए । 

शनिबार प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले वर्तमान सरकार देश र जनतालाई कमजोर बनाएर उल्टो दिशामा हिँडेको बताए । उनले अब सरकारको विकल्प खोज्ने बेला आएको समेत बताए ।