अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, आमा–छोरा घाइते

अर्घाखाँची - अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङको खोलाखर्कमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जीप आज बिहान ७ बजेतिर दुर्घटना भएको भूमिकास्थान नगरपालिका–२ का वडाअध्यक्ष बुद्धि थापाले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–२ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका–८ निवासी जेमकला आचार्य रहेको थापाले बताए । यस्तै घाइते हुनेमा पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा रहेको वडा नं २ का वडा सदस्य नारायण प्रसाद खनालले जानकारी दिए । घाइतेलाई अहिले अर्घाखाँची जिल्ला अस्पताल ल्याइँदै छ ।