एमाले संसदीय दलको बैठक बस्दै, के-के छन् मुख्य एजेण्डाहरु ? 

काठमाडौँ - नेकपा एमाले संसदीय दलको बैठक आज शनिबार बस्ने भएको छ ।

शनिबार मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा सुरु हुने बैठक आइतबार पनि बस्ने छ । आज र भोलि दुई दिन बस्ने बैठकमा आगामी संसद्मा एमालेले खेल्ने भूमिकाबारे बृहत रुपमा छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिए । 

अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा एमालेले छलफल गर्न लागेको हो । संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ ।