'आरोपको जवाफ दिएर साध्य छैन, सहकारी ठगीमा दोष प्रमाणित गरेर देखाऊ'

अर्घाखाँची - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो दोष प्रमाणित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

आज अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नहरूको जवाफ दिंदै पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको बताए ।