भारतीय विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आइपुग्ने

काठमाडौँ - भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने पक्का भएको छ ।

भारतीय विदेश मन्त्रालयले जयशंकरको दुई दिने नेपाल भ्रमणबारे औपचारिक घोषणा गरेको हो । जयशंकर बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको छ।