राष्ट्रियसभा निर्वाचन : कुन-कुन दलले गर्दैछन् गठबन्धन

काठमाडौँ - राष्ट्रिय सभा निर्वाचन नजिकिँएसँगै सत्तागठबन्धनका दलहरु भागबण्डाका लागि आन्तरिक छलफलमा जुटिरहेका छन्। यही माघ ११ गते १९ सिटका लागि हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा दलहरुले आआफ्नो दाबी पेश गरिरहँदा प्रमुख प्रतिपक्षी एमालेसँग पनि सहकार्य गर्ने दाउमा दलहरु लागेका छन्।

आगामी निर्वाचनमा सिट बाँडफाँटबारे छलफलमा जुटेका दलहरुले आज टुंगो लगाउने बताइरहेका छन्। सत्ता गठबन्धनभित्रै सहमति जुट्न नसक्दा प्रमुख प्रतिपक्षी दल एमाललेलाई पनि सिट छुट्याउने गरी आन्तरिक गृहकार्य सुरु गरेको बताइएको छ।

राष्ट्रिय सभा निर्वाचनलक्षित आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका छन्। गोप्य भनिएको उक्त भेटवार्तामा राष्ट्रियसभा निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल गरिएको बताइएको छ।