भौतिक पूर्वाधार मन्त्री ज्वालालाई हटाउने प्रधानमन्त्रीको तयारी

काठमाडौँ - प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई हटाउने तयारी गरेका छन्।

मन्त्री ज्वालाको असावधानीका कारण बालकुमारीमा दुई जना युवाले ज्यान गुमाउनु परेको निष्कर्षसहित प्रधानमन्त्री दाहालले मन्त्री ज्वालालाई हटाउने तयारी गरेका हुन्।

गत शुक्रबार ललितपुरको बालकुमारीमा घटना मन्त्री ज्वालाको असावधानीका कारण घटेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रहरी महानिरीक्षक बसन्त कुँवरले बताएका थिए।