आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

काठमाण्डौँ - आज कात्तिक १६ गते देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ । 

कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ । 
आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन्। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन् ।