हत्यारा रिगललाई राष्ट्रपतिले दिएको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

काठमाडौँ - रिगल भनेर चिनिने हत्यारा योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले राष्ट्रपतिले दिएको आममाफी गैरकानुनी ठहर गर्दै रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।