काठमाडौँको सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौँ । काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

गएराति काठमाडौँ महानगरपालिका-६ सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२-०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी चालक मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै सोही मोटरसाइकलमा सवार अर्का एक जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।