एयरपोर्ट नजिकैको झरना गेष्टहाउसमा महिला र पुरुष मृत फेला

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै झरना गेष्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्कीलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रहरी काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा उनीहरु १५ साउनदेखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

सोही क्रममा आज शुक्रबार १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।