प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डौँ - प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठक बसेको केही मिनेटमै सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् । 

उनले आजको बैठकमा शून्य समयमा बोल्ने कार्यक्रम नरहने जानकारी गराएका थिए । त्यसपछि उनले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई विधेयक पेश गर्न अनुमति दिएका थिए ।