नयाँ गठबन्धनलाई साथ दिने कि नदिने निर्णय गर्न राप्रपाद्धारा पदाधिकारी बैठक आव्हान

काठामडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनले भने, “परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी आह्वान गरिएको हो ।”

संघीय संसदमा राप्रपाका १४ जना सांसद छन् । राप्रपा यसअघि कांग्रेसले राख्ने प्रतिपक्षी दलहरूको बैठकमा पनि पटक(पटक सहभागी भएको थियो ।