दार्चुलामा हिमपहिरो : कम्तीमा ८ जना पुरिएको आशंका

 काठमाण्डौँ - दार्चुलामा मंगलबार हिमपहिरो गएको छ ।  मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका(१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८र९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो ।  हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए ।