रवि लामिछानेका ड्राइभर शम्भुको उपचारको क्रममा निधन

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको मंगलबार दिउँसो करिब साढे एक बजे निधन भएको हो ।

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु भनिने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।