हत्याको १२ दिनपछि नीराको अन्त्येष्टि : ‘न्याय नपाएको लास जलिरहेछ’ चितामा लेखियो 

 काठमाडौँ - सरस्वतीनगरकी नीरा पाण्डे आचार्यको हत्याका आरोपी विनोद विक पक्राउ परेसँगै परिवारले शव बुझेर अन्तिम संस्कार गरेका छन् ।

बीभत्स हत्यापछि उनको माइती पक्ष र आफन्त निरन्तर आन्दोलनमा थिए । प्रहरीले शनिबार विकलाई बिर्तामोडमा पक्राउ गरेर आइतबार सार्वजनिक गरेपछि परिवारले शव बुझेर सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरेका हुन् । अन्त्येष्टिमा आफन्तले विरोध स्वरूप चितामा ‘न्याय नपाएको लास जलिरहेछ’ लेखेर टाँसेका थिए ।