पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौँ - नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोराविरूद्व पनि पक्राउ पुर्जी जारी भएको छ ।

बुबा इन्द्रजितसँगै छोरा निरज राई पनि ठगीमा संलग्न रहेको पाइएपछि पक्राउ पुर्जी जारी भएको हो । प्रहरीले इन्द्रजितलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरेको थियो । उनका छोरा निरज भने विदेशमा रहेका बताइएको छ ।