उपरथी शाहीलाई सैनिक अदालतले सेवाबाट हटायो

काठमाडौं - दुईमहिनादेखि थुनामा रहेका नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अदालतले सेवाबाट हटाएको छ।

आर्थिक अनुशासनमा नबसेको आरोपमा सैनिक हिरासतमा रहेका शाहीलाई उपरथी ताराध्वज पाण्डेको नेतृत्वको सैनिक अदालतले बिहीबार सेवाबाट हटाउने फैसला गरेको हो।