नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुको शपथ सोमबार हुने 

काठमाडौँ - नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुको शपथ सोमबार हुने भएको छ । 

संसद् सचिवालयले सूचना जारी गर्दै संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ फागुन २१ गते सोमबार बिहान ११ बजेर ३० मिनेटमा हुने जानकारी दिएको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको ल्होत्से हलमा शपथ हुने भएकाले नवनिर्वाचित सबै  राष्ट्रिय सभा सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरेको छ ।