सुरक्षाका नाममा विमानस्थलमा यात्रुलाई दुःख नदिन पर्यटन मन्त्रीको निर्देशन

काठमाडौं - सुरक्षा संवेदनशीलताका नाममा विमानस्थल भित्र यात्रुलाई दुखः नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलका अधिकारीहरुसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

चाार्ल्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती समेत छिराउँछु भनेर भनेको सन्दर्भ निकाल्दै उनले यति कडा सुरक्षा घेराबाट पनि केजीमा नभई कुइन्टलमा सुन तस्कर भएको विगत रहेको उल्लेख गरे । ‘सुरक्षा चुनौती छन्, सरक्षामा कुनै सम्झौता गर्नुहुँदैन, तर सुरक्षा संवेदनशीलता देखाएर यात्रुहरुलाई दुर्व्यवहार भइरहेको छ’ उनले भने ।