अनलाइन जुवा खेलाएको आरोपमा तीन जना पक्राउ

काठमाडौँ - प्रहरीले क्यासिनोमा अनलाइन जुवा खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौ परिसरको टोलीले अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजना पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको भएपनि सार्वजनिक गरिसकेको छैन । उनीहरु अनलाइन जुवा खेलाउन संलग्न रहेको प्रहरीको आशंका रहेको छ । प्रहरीले यो विषयमा केही बेरपछि थप जानकारी दिने जनाएको छ ।