कांग्रेसका सांसदले काठमाडौं छाड्न नपाउने, जानैपरे लिखित स्वीकृति लिनु पर्ने

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसले संसद अधिवेशन चल्दासम्म आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएको छ । आजको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुञ्जेलसम्म काठमाडौं नछोड्न निर्देशन दिएको हो ।

यदि छोड्नै परे प्रमुख सचेत वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने निर्णय भएको छ । यस्तै कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदको उपस्थिति अनिवार्य बनाएको छ ।