'टिआरसी विधेयक सहमतिबाटै अगाडी बढाउनुपर्छ' : एमाले

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिबाटै अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्ताका क्रममा ओलीले टिआरसी विधेयकलाई सहमतिबाटै अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले टिआरसी विधेयक लगाएतका बिषयमा छलफल भएको भन्दै उक्त विधेयकलाई बहुमतले नभई राम्रो बनाएर सहमतिमा नै पास गर्नुपर्ने बताए ।