अन्तिम समयमा एमाले अध्यक्ष ओलीको धादिङ यात्रा रद्द

 काठमाडौँ - एमाले अध्यक्ष केपी शर्मा ओली धादिङ नजाने भएका छन् । धादिङको सदरमुकाम धादिङबेसी खुल्ला मञ्चमा आज हुने एमाले धादिङको जिल्ला अधिवेशन उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रममा ओली जाने तयारी थियो । तर अन्तिम समयमा उनको धादिङ यात्रा स्थगित भएको उनको सचिवालयले जनाएको छ ।