मुटुमा समस्या देखिएपछि अरुण चौधरी सहित थापालाई ग्राण्डी अस्पताल लगियो

काठमाडौं । मुटुमा समस्या देखिएपछि अरुण चौधरी सहित अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगियो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले जानकारी दिएको छ ।

बिहीबार उनीहरुलाई महाराजगञ्जस्थित चिरायु अस्पतालमा राखिएका थियो । उनीहरुलाई चिकित्सकको सल्लाहबमोजिम ग्राण्डी अस्पताल लगिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ गरेको थियो ।