ओलीको आक्रोश : 'वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट'

काठमाडौँ - एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका  छन् । काठमाडौंमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार गैरकानुनी, वेतिथीसँग चल्ने अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन् । 

उनले सरकारकै कारण राजनीतिक, सांस्कृतिक,आर्थिक र सामाजिक क्षेत्र नै तहसनहस भएको दावी गरे ।