एमाले अध्यक्ष ओली धादिङ आउँदै 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज धादिङ आउँदैछन् । 
अध्यक्ष ओली बिहान ११ बजे काठमाडौंबाट स्थलमार्ग हुँदै धादिङको धादिङबेसी जान लागेका हुन् । 

अध्यक्ष ओलीले धादिङबेसी खुल्ला मञ्चमा आज हुने एमाले धादिङको जिल्ला अधिवेशन उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।