यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।