मलंगवाको कर्फ्यु हट्यो, सद्भाव र्‍याली निकालिने

जनकपुरधाम - सर्लाहीको मलंगवा क्षेत्रमा हिंसात्मक गतिविधि रोक्न स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले मलंगवा क्षेत्रमा लगाएको कर्फ्यु निष्क्रिय पार्ने निर्णय गरेको हो ।

बैठकले असोज १८ गते बृहत सद्भाव र्‍याली निकाल्ने निर्णय पनि गरेको छ ।
असोज ४ मा मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपले उग्र रुप लिएपछि प्रशासनले सोही राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।