पेट्रोलियम पदार्थको मूल्य बढ्यो : प्रतिलिटर मुल्य कति ? ग्यासमा २१५ रुपैयाँ वृद्धि !

 काठमाडौँ - नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शनिबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो । 

निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ६ वृद्धि गरेको हो । यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले वृद्धि गरेको निगमले जनाएको छ। । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।