काठमाडौं महानगरमा आज सार्वजनिक बिदा

 काठमाडौँ - काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार सापारु तथा रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका थिए।