कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु

काठमाडौँ । कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बिहीबार बिहान बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो।

नजिकै उखुबारीमा घाँस काट्ने बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए ।

घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।