बोलेर समय खेर फाल्दिन काम गरेर देखाउँछु : मेयर बालेन

काठमाडौँ । काठमाडौँ मानगरपालिका प्रमुख बालेन्द्र शाहले बोलेर समय खर्च गर्नु भन्दा पनि काम गरेर देखाउने बताएका छन् ।

बिहीबार काठमाडौँ महानगरपालिका - ८ को प्रशासनिक भवन उद्घाटनको अवसरमा बोल्दै उनले बोल्नुभन्दा पनि काम गर्न जरुरी रहेको बताए ।

प्रमुख शाहले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा काममा समय दिनुपर्ने सुझाव दिए।

बालेनले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको सुनाए। उनले सम्पदामैत्री क्षेत्र‚ सम्पदामैत्री सडक र घर तथा भवनहरू बनाउनका लागि काठमाडौँ महानगरले बजेटसमेत व्यवस्था गरेको जानकारी गराए।

प्रमुख शाहले सम्पदा क्षेत्रका घरहरू सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताउँदै सम्पदा शैलीका सडक, घर र भवनहरू भए पर्यटक आकर्षित हुने उल्लेख गरे।