एक महिनादेखि बेपत्ता युवककोशव जंगलमा फेला

काठमाडौँ । एक महिनादेखि बेपत्ता काभ्रेका एक युवाको शव जंगलमा फेला परेको छ ।

बुधबार साँझ पाँचखाल नगरपालिका ६ तिनपिप्लेस्थित सामूदायिक वनमा बरको रुखको फेदमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त शव स्थानीय २१ वर्षिय विजय श्रेष्ठको रहेको खुलेको छ । उनी १८ असारदेखि हराएका थिए । श्रेष्ठका बुवाले उक्त शव चप्पल र लुगाको आधारमा आफ्नै छोराको भएको भनेर सनाखत गरेका प्रहरीले जनाएको छ ।

श्रेष्ठको मृत्युको कारण भने खुलेको छैन । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।