श‍ीर्ष नेताहरूको निर्देशनमा बालेनलाई अप्ठेरो पार्ने काम भइरहेको छ : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका श‍ीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौँ महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरुले फोन गरी कार्यपालिका बैठकमा बिरोध प्रदर्शन गर्न लगाएका बताए।

उनले दलहरूको राजनीतिको कारण काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको बताए । उनले दलका नेताहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अप्ठेरो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने बताए । उनले स्थानीय तहमा दलविहिन राजनीति हुनुपर्ने बताए ।

‘एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ । संसद हो यहाँ दलको आवश्यकता छ, दलिय राजनीति गरौं । तर स्थानीय तहमा अब दलविहिन राजनीतिको आवश्यकता छ’ उनले भने,’काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिहरुलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन् रु हामी सबैले के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित मान्छेहरुलाई स्वतन्त्र छोडिदिउँ । आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरुलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस् । र स्थानीय तहमा दलविहिन राजनीति होस् ।’