भारतमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु, ८ जना घाइते 

काठमाण्डौँ - भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । घाइतेको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ । महाराष्ट्रको बुलढानास्थित यवतमालबाट पुणे जाँदै गरेको बस गए राति दुर्घटनामा परेको हो । 

प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा भीषण आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए ।