जन्ती बोकेको बस दुर्घटना हुँदा धनुषामा एक दर्जनभन्दा बढी घाइते  

काठमाडौँ । धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

सर्लाहीबाट जन्ती लिएर सिरहाको लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

आइतबार राति करिब ९ बजेको समयमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। दुर्घटनामा परेर १५ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना मध्यम र बाँकीको अवस्था समान्य रहेको छ।