आजको तरकारी भाउ कति छ ? 

काठमाडौँ - फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । 

कालीमाटीमा आज लोकल गोलभेँडा, कन्य च्याउ, कुरिलोसहित कतिपय तरकारीको मूल्य घटेको छ भने केही तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। हिजो सबैभन्दा सस्तो रहेको हरियो फर्सीको मूल्य भने आज बढेको छ । हिजो २३ रुपैयाँ किलोमा किनबेच भएको हरियो फर्सीको औसत मूल्य आज ३५ रुपैयाँ पुगेको छ ।

कालीमाटी बजारमा आज सबैभन्दा सस्तो तरकारी लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ । लोकल गोलभेँडा औसतमा २२ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा डल्ले च्याउ ३४२ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ । हिजो ३७५ रुपैयाँ रहेको डल्ले च्याउको मूल्य घटेर आज ३३३ कायम भएको छ ।