प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनुहुनेछ ।

बैठकमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।