'आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउँछौँ' : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 
चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको बताए । 

प्रधानमन्त्री दाहालले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिरहेको बताए । उनले देशभरका सबै अस्पतालमा १० प्रतिशत शैया गरिव, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको पनि बताए ।